(१) यस ऐन अन्तर्गत सजाय हुने कसुर सम्बन्धी मुद्दा हेर्ने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गठन गरेको वा तोकेको अदालतलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिमको अदालतले यस ऐन अन्तर्गतका मुद्दामा कारवाई र किनारा गर्दा विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनेछ ।
तर यस ऐनबमोजिमको अभियुक्तलाई थुनामा राख्ने सम्बन्धमा विशेष अदालत ऐन, २०३१ को दफा ७ को खण्ड (ङ) मा वा अन्य प्रचलित नेपाल कानुनमा जेसुकै लेखिएको भए तापनि अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने मनासिब कारण भए सो र सो सम्बन्धमा सरकारी वकीलको समेत कुनै जिकिर भए सो समेत खुलाई पर्चा खडा गरी अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्न सक्नेछ । यसरी पर्चा खडा गरी थुनामा राखी पुर्पक्ष गरेकोमा थुनुवा–पर्चा उपर कुनै प्रश्न उठाई उजुरी गर्न पाइने छैन ।
(३) उपदफा (१) बमोजिमको अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्नेछ र त्यस्तो पुनरावेदनको कारवाई र किनारा सर्वोच्च अदालतको घटीमा तीन जना न्यायाधीशको ईजलासबाट हेरिनेछ ।